गैर-आवासिय नेपाली संघ, स्वीडेनको सुचना

 

गैर-आवासिय नेपाली संघ, राष्ट्रिय परिषद स्वीडेनले यहि आउदो सेप्टेम्बर महिनाको १७ तारिक २०१६ का दिन स्वीडेनको राजधानी स्टकहोल्ममा दौड प्रतियोगिताको आयोजना गर्न गैरहेको छ । “Run For Nepal” नाम दिइएको सो प्रतियोगितामा सम्पूर्ण उमेर समुहका १० बर्ष भन्दा माथिका दाजु भाई, दिदि बहिनि, बा आमाहरु सहभागि हुन सक्नु हुनेछ । कार्यक्रमबाट संकलित रक़म नेपालको सामाजिक क्षेत्रमा सहयोग पुर्याउने हेतुले यसै बर्षबाट स्वीडेनमा पनि आयोजना गर्ने र प्रत्येक बर्ष निरन्तरता दिने प्रयासमा छौ । यो बिशुद्द मनोरंजन एबं भेटघाटको माध्यम पनि हुने छ ।प्रतियोगिता प्रतिस्पर्धा भन्दा पनि मनोरन्जनात्मक हुने हुदा १० बर्ष भन्दा माथि उमेर समूहका जो कोहि पनि भाग लिन सक्नु हुनेछ । “स्वास्थ्यका लागि दौड” भन्ने नाराका साथ आयोजना गर्न गैरहेको सो कार्यक्रममा सहभागि जनाई दिन हुन सम्पूर्ण स्वीडेनबासिहरुमा स-बिनय अनुरोध गर्दछौ ।

नोट:

१) दौड प्रतियोगितामा सहभागि हुनको लागि अग्रिम नाम रजिस्टर गरि “Run For Nepal”लेखिएको टि सर्ट लगाएर मात्र भाग लिन पाइनेछ ।

२) दौड प्रतियोगितामा प्रथम, दृतिय र तृतीय हुने लाई पुरस्कारको ब्यबस्था गरिएको छ ।

३) आफु दौडमा सहभागि नभए पनि उपस्थित भई दौडने साथी भाई हरुलाई हौसला दिन सक्नु हुनेछ ।

४) जो सुकै व्यक्तिले पनि लेखिएको टि सर्ट खरिद गरि सहयोग गर्न सक्नु हुनेछ ।

अन्य बिस्त्रित कार्यक्रम तालिका छिट्टै प्रकाशित गरीने छ ।

धन्यवाद !

एन आर एन, स्वीडेन

 

11882654_759070540882386_7813083969981176793_o

Related Post

Warning: count(): Parameter must be an array or an object that implements Countable in /customers/2/a/a/nrnasweden.org/httpd.www/wp-includes/class-wp-comment-query.php on line 399

Leave us a reply

*

*