शुभ बडादशै (बिजया दशमी) लाई बिदेशी भुमिमा बसेर हर्षोउल्लासका साथ मनाउने र आफ्नो रिती रिवाज तथा पर्बलाई संरक्षण गर्ने उदेश्यका साथ गैर-आबासिय नेपाली संघ, स्वीडेनले आउदो ३० सेप्टेम्बर शनिबारका दिन “दशै शुभकामना आदान प्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रम” गर्न गैरहेको कुरा जानाकारी गराउदछौ ।

सो अबसरमा स्वीडेनमा हुनु भएका जेष्ठ नागरिकको हातबाट टिकाजमरा ग्रहण गर्न र दशैको आशिष लिन नछुटाउनु होला । बिदेशमा बसेर हाम्रो रिती रिवाज अनि संस्कृतिको संरक्षण गर्नुमा यहाँहरुको पनि उत्तिकै कर्तव्य र दाहित्व रहेको हुदा कार्यक्रममा यहाँहरुको उपस्थितीले चाड पर्ब र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने हामिले ठानेका छौ । तसर्थ यस महान पर्ब बडा दशै २०७४ लाई शान्त तथा रमाइलो पारिबारिक बातावरणमा मनाउन सम्पूर्ण स्वीडेनबासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा सादर निमन्त्रणा गर्दछौ ।

कार्यक्रम तालिका:
मिती: ३० सेप्टेम्बर २०१७, शनिबार
समय: १५:३० बजेदेखि ९ बजेसम्म
स्थान: Kista Träff, Kista Torg 7, Kista:
Centrum
प्रबेश शुल्क: १५० सेक (बयश्क)
१० देखि १७ बर्ष सम्मका लागि ८० सेक
१० बर्ष भन्दा मुनिका बालबच्चाहरुको लागि निशुल्क

नोट: साथमा ठेट नेपाली खाना खुवाउने छौ । खाना ब्यबस्थापनलाई सहज होस् भन्नाको लागि यो इभेन्ट मार्फत २६ सेप्टेम्बर सम्ममा आफ्नो अग्रिम सहभागि जनाई सहयोग गरिदिन हुन अनुरोध गर्दछौ । साथै प्रबेश शुल्क संस्थाको एकाउन्ट नम्बर PG nr: 581185-6 मा भुक्त्तान गरिदिनु हुन पनि बिनम्र अनुरोध गर्दछौ। भुक्त्तान गर्दा मेसेजमा आफ्नो नाम लेख्न नबिर्सनु होला ।
धन्यबाद !

Related Post

Warning: count(): Parameter must be an array or an object that implements Countable in /customers/2/a/a/nrnasweden.org/httpd.www/wp-includes/class-wp-comment-query.php on line 399

Leave us a reply

*

*