आदरणीय स्वीडेन बासि सम्पूर्ण नेपाली दाजु भाई, दिदि बहिनिहरु
गैर-आवासीय नेपाली संघ, स्वीडेनको चौथो राष्ट्रिय महाधिवेशन आगामी अगष्ट महिनाको १९ तारिक स्टकहोल्ममा सम्पन्न  हुन गैरहेको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउदछौ । साथै हरेक २ वर्षमा एनआरएनको सदस्यता नविकरण तथा नयाँ सदस्यता लिने प्रावधान छ । यसै अन्तर्गत यहिँ महिनाको अंतिम दिन ३१ जुलाई  सम्ममा सबैलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लिन अनुरोध गर्दछौ । त्यसपछि आएका कुनै पनि नबिकरण र नयाँ सदस्य मान्य हुने छैन । तपाईले एनआरएन, स्वीडेनको सदस्यता लिनु भयो भने महाअधिवेशनमा उम्मेद्धारी दिन र भोटिङ प्रणालीको लागि आफ्नो अधिकार सुनिश्चित गर्न सक्नु हुनेछ र काम गर्न सक्ने नयाँ नेतृत्वलाई चुन्न सक्नु हुनेछ । स्वीडेनमा  रहेका नेपालीहरुको हकहितमा काम गर्न सबै जना एक भएर लाग्न अति आवश्यक छ । अव वोलेर होईन काम गरेर देखाउने दिन आएको छ ।
तसर्थ यहि ३१ जुलाई २०१७ भित्र सदस्य बन्न फेरी अनुरोध गर्दछौ ।
अनलाइनबाट पनि नयाँ सदस्य र नबिकरण गर्न सक्नु हुनेछ ।
त्यसको लागि तलको लिंकमा गई आफ्नो बिबरण भरी पठाउन सक्नुहुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdzO5ZyeWZe-VA2lRFL93S-CqxQm8D9Fhf974OpuA7EbWDq2w/viewform
शुल्क २ बर्षको लागि २०० सेक एन आर एन, स्वीडेनको
Plus giro Acc 581185-6 मा जम्मा गर्न नभुल्नु होला ।

धन्यवाद ।
गैर-आवासीय नेपाली संघ, स्वीडेन

Related Post

Warning: count(): Parameter must be an array or an object that implements Countable in /customers/2/a/a/nrnasweden.org/httpd.www/wp-includes/class-wp-comment-query.php on line 399

Leave us a reply

*

*