गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनको “तेश्रो बार्षिक साधारण सभा” संघका अध्यक्ष चिरन्जिबी खरेलको अध्यक्षतामा सेप्टेम्बर ३ तारिख स्वीडेनको राजधानी स्टकहोल्ममा सम्पन्न भएको थियो । संयुक्त रुपमा कार्यक्रमको उद्धाटन प्रमुख अतिथि, संस्थापक अध्यक्ष एबं पर्यबेक्षक स्वीडेनका आई सी सी सदस्य नबिन थपलिया र अध्यक्ष चिरन्जिबी खरेलले प्रोजेक्टर मार्फत गर्नु भएको थियो । नेपाली राष्ट्रिय गान बजाएर शुरु गरिएको कार्यक्रमको संचालन भने संस्थाका महासचिब अर्जुन श्रेष्ठले गर्नु भएको थियो ।

उद्घाटन र बन्द सत्र गरि २ चरणमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष द्वय नबराज रेग्मी र खिम न्यौपाने तथा संस्थाकी महिला संयोजक राधिका ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको थियो । निबर्तमान अध्यक्ष प्रेम गौतम र सस्थापक अध्यक्ष नबिन थपलियाले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । यसरी उद्दघाटन सत्र सकिएको थियो ।

निबर्तमान अध्यक्ष प्रेम गौतम, संस्थाका उपाध्यक्ष खिम न्यौपाने र अध्यक्ष चिरन्जिबी खरेल अध्यक्ष मण्डलमा चुनिनु भएको बन्द सत्र संस्थाका प्रबक्ता हेम रोकायाले संचालन गर्नु भएको थियो । महासचिब अर्जुन श्रेष्ठ र कोषाध्यक्ष कुमार गुरुङ्गले प्रस्तुत गर्नु भएको सांगठानिक र आर्थिक प्रतिबेदन उपस्थित सदस्यहरुका माझ छलफलमा लगि उठेका प्रश्नहरुको उत्तर स्पष्ट रुपमा दिदै सुझाब सहित परिमार्जन गरि सर्बसम्मत पास भएको थियो ।
बन्द सत्रमा महिला संयोजक राधिका ढुंगानाले स्वीडेनमा महिला फोरमको आबश्यकतामा जोड दिदै छिट्टै स्वीडेनमा गठन गरिने कुरा बताउनु भएको थियो ।
अर्का युबा उत्कृष्ट खरेलले आफुले पाउने सोसियल भत्ता बाट नेपालमा एक जना गरिब बालबालिकाको राम्रो शिक्षाको लागि प्रत्येक महिना १०० क्रोनोर संकलन गर्ने प्रतिबद्दता सो बन्द सत्रमा राख्दै युबा फोरम गठन गर्नको लागि एन आर एन, स्वीडेनले पहल गरिदियोस भन्ने धारणा राख्नु भएको थियो

एन आर एन, स्वीडेनका सचिब दिनेश श्रेष्ठले नब निर्मित संघको वेबसाईटको प्रोजेक्टर मार्फत उद्दघाटन गरि ब्रिफ़िङ्ग गराउनु भएको थियो ।

teej2016बन्द सत्र भित्र उठेका सबै बिषय बस्तुलाई छोटकरीमा मुख्य मुख्य बुदामा संकलन गरि अध्यक्ष मण्डलका तर्फबाट निबर्तमान अध्यक्ष गौतमले सभा हलमा बाचन गरेका थिए र अन्त्यमा सभाका अध्यक्ष खरेलबाट दुवै सत्रको समापन भएको घोषणा गर्नु भएको थियो ।

बन्द सत्रको समापन संगै सोही स्थानमा “तीज बिशेष साँस्कृतिक कार्यक्रम” गरिएको थियो ।
तीजको दर स्वरुप उपस्थित सम्पूर्ण महानुभाब हरुलाई डिनर खुवाई साँस्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो ।
पहिलो प्रस्तुति दिया श्रेष्ठ र प्रेरणा गुरुङ्गको “यस पालि नि खाने दर” बोलको गीतबाट नृत्य गरि सुरु गरिएको थियो भने बिन्दा खरेको “शिरैमा शिरबन्दी” र दिपा आचार्यको “कम्मर माथि पटुकीको” नृत्यले माहोल तताएको थियो ।
कार्यक्रममा आमन्त्रित चर्चित गायिका शकुन्तला थापाको नाम लिनासाथ दर्शक दिर्घाले तालीले स्वागत गरेका थिए ।
ढिला नगरिकन आफ्नो तीज गितहरु क्रमश: सिरै लाउने शिरफुल, सबैले भन्छन, हेरन लालुमाई हुदै सुन्तला र स्याउ प्रस्तुत गर्दा सबै चेलीबेटी एबं दाजुभाईहरु संगै नाचेर साथ दिन स्टेज अगाडी पुगिसकेका थिए र कार्यक्रम रोमान्चित बनेको थियो ।
फेरि नृत्यहरुलाई निरन्तरता दिने क्रममा संजु पाइजाले “गैरी खेतको सिरै हान्यो”, रुपा हेल्स्तेनले “मेरो बारुले कम्मर लच्चकै”, प्रिति अर्यालले “फुलबुट्टे सारी”, जमुना कार्कीले “आमाले दिएको यो रातो साडी”, सैला श्रेष्ठ आचार्यले “आयो तीजको रहर”, प्रेरणा गुरुङ्गले “लाली गुरास अजम्बरी” र अन्त्यमा प्रिया पन्थले “टिकुली है मेरो टलटल” बोलको गीतबाट सुन्दर नृत्य प्रस्तुत गरि उपस्थित सबैलाई मनोरंजन दिनु भएको थियो ।

नृत्य पछि फेरि आफ्नो प्रस्तुति लिएर कार्यक्रमका ढुकढुकी शकुन्तला थापा स्टेज छिरेकी थिईन । आफ्नो अति नै चर्चित गित “रातो पछ्यौरी” गाउदा सबै जना गाउदै संगै नाच्दा माहोल संगीतमय बनेको थियो ।समयाभाबका कारण अरु गितहरु गाउन पाउनु भएन र दर्शकहरुको बिशेष अनुरोधमा एन आर एन, स्वीडेनका महासचिब अर्जुन श्रेष्ठ सँग थापाको दोहोरि लगत्तै सुरु भएको थियो ।
थोरै समय भए पनि दोहोरीले सबैको ध्यान केन्द्रित गर्न सफल भएको थियो यसरी दोहोरी गित सँगै करीब १० बजे बेलुकी कार्यक्रम सकिएको जानाकारी गराइएको थियो । साँस्कृतिक कार्यक्रमको संचालन भने लक्ष्मी भट्टराइले गरेकी थिइन ।

Attachments
  • teej2016
11882654_759070540882386_7813083969981176793_o
pic1

Related Post

Warning: count(): Parameter must be an array or an object that implements Countable in /customers/2/a/a/nrnasweden.org/httpd.www/wp-includes/class-wp-comment-query.php on line 399

Leave us a reply

*

*